हत्या गरी फालेको अवस्थामा शव फेला

 फागुन २९, २०७५ बुधबार १०:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – सदरमुकाम चैनपुरमा एकजनाको ढुङगाले हानेर हत्या गरिएकोे अवस्थामा शव फेला परेको छ ।

सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताउनुभयो । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो ।

हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया