साफ महिला च्याम्पियनसिप: पहिलाे हाफमा भारतले बनायाे माल्दिभ्सविरुद्ध ५- ० काे अग्रता

 फागुन २९, २०७५ बुधबार १६:९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - विराटनगरमा मंगलबारदेखि सुरू साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार समूह बी मा रहेको साविक विजेता भारतले माल्दिभ्सविरुद्ध ५ गाेलकाे अग्रता लिएकाे छ ।

साविक विजेता भारतविरुद्ध पहिलो हाफमा माल्दिभ्स निकै प्रभावहीन देखिएको छ । शहीद रंगशालामा दिउँसो ३ बजेदेखि सुरू भएको खेलमा भारतले पहिलो हाफमै ५ गोलको अग्रता बनाएको छ । खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइ अग्रता बनाएको थियो ।

त्यसको ५ मिनेटपछि स्वीटी देवीले साविक विजेता टोलीका लागि दोस्रो गोल गरिन् ।२३औं मिनेटमा इन्दूमती र २७ औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा रतनबालादेवीले फ्रीकिकमार्फत सानदार गोल गरी भारतका लागि पाँचौं गोल गरिन् ।

यसअघिका सबै चार संस्करणको च्याम्पियन भारतले तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई दबाबामा राखेको छ । भारतले एकपछि अर्को आक्रमण बुन्दै दक्षिण एसियाली महारथीको सानलाई कायमै राख्दा माल्दिभ्स भने रक्षात्मक हुन बाध्य भएको छ ।

महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन । उसको सबैभन्दा ठूलो उपलब्धि भनेको २०१६ मा सेमिफाइनलमा पुग्नु हो । अरु संस्करणमा उसको यात्रा समूह चरणमा नै रोकिँदै आएको छ ।

यी दुई टिम साफमा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि २०१४ को संस्करणको पहिलो खेलमा यी दुई टिम खेल्दा भारतले आठ शून्यको जित निकालेको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया