दुई वर्षपछि नेपालगञ्ज फर्केर आउने अमेरिकी राजदूत बेरीकाे प्रतिबद्धता

 फागुन २९, २०७५ बुधबार १७:०:५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले  नेपालको विकासको बारेमा जानकारी लिन दुई वर्षपछि पुनः नेपालगञ्ज आउने प्रतिबद्धता जनाउनुभएको छ ।

सूचना प्रविधिको क्षेत्रमा अमेरिकाले नेपालगञ्जमा सहयोग गरेको छ । बुधबार उपमहानगरपालिकामा भएको अन्तरक्रियामा मेयर डा. धवल शमशेर राणा र उपमेयर उमा थापाले यहाँको अवस्थाबारे जानकारी दिनुभयो ।

यही क्रममा मेयर राणाले दुई वर्ष नेपालगञ्जमा धेरै सुधार हुने भएकाले अवलोकनका लागि आउन आमन्त्रण गर्नुभयो । लगत्तै नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १८ मा डिजिटल सेवाको सुभारम्भ कार्यक्रममा राजदूत बेरीले दुई वर्ष पछि फर्केर नेपालगञ्ज आउने प्रतिबद्धता जनाउनुभयो ।

वडा अध्यक्ष दिपक वर्माका अनुसार डिजिटल डिस्प्ले बोर्डमार्फत सेवाग्राहीलाई उपमहानगरपालिका र वडा कार्यालयबाट हुने काम कारबाही र गतिविधि सार्वजनिकरण गरिनेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया