प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सुर्खेत, जेठ २ – मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले उज्यालोलाई जानकारी दिनुभयो । दुर्घटनास्थलमा एक जनाको शव पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।
नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको थियो ।