सेनाको मुख्यालय जंङगी अड्डा पुनर्निर्माणको ९९ प्रतिशत काम सम्पन्न

 फागुन ३०, २०७५ बिहिबार १९:२४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली सेनाको मुख्यालय जंङगी अड्डा आगामी वैशाख १२ गतेसम्ममा पुनर्निर्माण भइसक्ने भएको छ । 

२०७३ साल पुसदेखि काम थालिएको जंङगी अड्डाको ९९ प्रतिशत काम सकिएको नेपाली सेनाले जनाएको छ । ३ अर्ब ४९ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार पुनर्निर्माण भैरहेको जंङगी अड्डाको निरीक्षण समेत गर्नुभएको छ । 

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राधिकरणको सहयोग र समन्वयबाट जंङगी अड्डा पुनर्निर्माण भइरहेको बताउनुभयो । उहाँले आउँदाे वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भैरहेको जानकारी दिनुभयो । 

२०७२ साल वैशाख १२ गतेको भूकम्पले अरु संरचनाजस्तै जंङगी अड्डामा पनि क्षति गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया