न्युजिल्याण्डको दुईवटा मस्जिदमा गोलाबारी, केहीको ज्यान गएको आशंका

 चैत १, २०७५ शुक्रबार ९:३०:४२ | एजेन्सी
unn.prixa.net

न्युजिल्याण्डका दुईवटा मस्जिदमा गोली चल्दा केहीको ज्यान गएको र धेरैजना घाइते भएको अनुमान गरिएको छ । शहरमा रहेका दुईवटा मस्जिदमा बन्दुकधारीले गोली अन्धाधुन्ध गोली चलाएको बीबीसीले जनाएको छ ।

न्युजिल्याण्डको क्रिस्टचर्चमा रहेको अल नुर मस्जिद परिसर रगताम्य भएको न्युजिल्याण्डका सञ्चारमाध्यमले जनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

गोली चलेपछि स्थानीय प्रशासनले क्रिष्टचर्चका विद्यालय र अस्पतालमा सुरक्षा सतर्कता बढाएको छ भने केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । गोली हान्ने बन्दुकधारी भने भागेका छन् । एकजनालाई पक्राउ गरिएपनि घटनामा उनको सलंग्नता पुष्टि हुन सकेको छैन । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया