क्राइस्टचर्चमा आक्रमण, बंगलादेशी क्रिकेट टिम सुरक्षित

 चैत १, २०७५ शुक्रबार ९:४४:१८ | एजेन्सी
unn.prixa.net

न्युजिल्याण्ड विरुद्धको खेलका लागि क्राइस्टचर्चमा रहेको बंगलादेश क्रिकेट टिम बसेको होटल नजिकै अन्धाधुन्ध गोली चलेको छ । जसका कारण बंगलादेश टिमलाई उनी बसेको होटलमा नै कडा सुरक्षाकाबीच राखिएको छ । 

न्युजिल्याण्डको दक्षिण आइल्याण्ड सिटीमा रहेका दुई मस्जिदमा फायरिङ भएको थियो । यो घटना भएको नजिकै बंगलादेशको क्रिकेट टिम बसेको होटल पनि रहेको थियो । खेलका लागि टिम मैदान जाने तयारीमा थियो । 

अचानक गोली चलेको आवाज आएपछि केही समय टिमलाई बसबाट बाहिर निस्कन दिइएको थिएन । क्राइस्टचर्चको अल नुर मस्जिद नजिकै गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली चलेको केही समयपछि सुरक्षाकर्मीले पुरै मस्जिदको वरिपरी सुरक्षा ब्यवस्था कडा पारेको थियो ।

यो घटनाबाट केही ब्यक्तिको ज्यान गएको पनि आशंका गरिएको छ । केही मानिस घाइते भएको  पनि बताइएको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया