कोहलपुर–सुर्खेत प्रसारण लाइन : ६ हजार २ सय ३६ वटा रुख काट्ने...
चैत १६, २०८० शुक्रबार
स्याङ्जा – स्याङजाको गल्याङ् नगरपालिका–८ की ८३ वर्षीया टिकाकुमारी थापालाई उहाँका नातिले नागरिकता दिलाएका छन् ।
श्रीमान नैनासिंह भारतीय सेनामा कार्यरत रहँदा नै भारत गएको र लामो समयदेखि उतै बसोबास गर्दै आएकाले नेपाली नागरिकता लिन नपाएको टिकाकुमारीको भनाइ छ ।
२०४० सालमा श्रीमानको मृत्यु भएपछि पटक—पटक नेपाल आएको भए पनि नागरिकता लिने अवसर नमिलेको थापाले बताउनुभयो । जेठा छोरापट्किो नातिले सनाखत गरेपछि ४ छोराकी आमा थापालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले जानकारी दिनुभयो ।
‘८३ वर्षीय आमालाई नागरिकता दिलाउन पाउँदा मलाई आनन्द लागेको छ, प्रमुख शर्माले भन्नुभयो, ‘आमाले नागरिकताको काम र महत्व नबुझेका कारण नागरिकता नलिएको हुनुपर्छ ।’
‘आमाको सबै कुरा बुझेर तीन पुस्ता खुल्ने कागजात सबै मिलेपछि हामीले नागरिकता प्रदान ग¥यौँ, प्रशासन प्रमुख शर्माले भन्नुभयो ।
यति धेरै उमेरका नागरिकले नागरिकता पाएको सम्भवत स्याङ्जामै पहिलो भएको अनुमान शर्माको छ । नागरिकता पाएपछि थापाले मतदाता नामावलीका लागिसमेत फोटो खिचाउनुभएको छ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।