४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अदालतमा उपस्थित गराइयो

 चैत २, २०७५ शनिबार ७:२२:५९ | एजेन्सी
unn.prixa.net

न्यूजिल्याण्डका दुइटा मस्जिदमा ४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अदालतमा पेश गरिएको छ ।

शुक्रबार भएको आक्रमणका मुख्य संदिग्ध २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टन ट्यारेन्टलाई अदालतसमक्ष पेश गरिएको हो ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनका अनुसार ट्यारेन्टसँग पाँच वटा लाइसेन्सप्राप्त बन्दुक थिए । आक्रमणपछि प्रधानमन्त्री आर्डन भन्छिन्, ‘हाम्रो हतियार राख्नेसम्बन्धी कानुन परिवर्तन हुन्छ ।’

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन घटनाका बारेमा जानकारी दिँदै

घटनामा संलग्न भएको आरोपमा अन्य दुई जनालाई पनि गिरफ्तार गरिएको छ । तर उनीहरुको कुनै आपराधिक रेकर्ड नभएको त्यहाँको प्रहरीले जनाएको छ । ट्यारेन्टलाई हिरासतमै राखिनेछ र अप्रिल ५ मा पुनः अदालतमा उपस्थित गराइनेछ ।

सन् १९८० को दशकमा अफगानिस्तानबाट न्यूजिल्याण्ड आएका ७१ वर्षीय दाउद नाबीको घटनामा ज्यान गएको उनको परिवारले जनाएको छ । घटनामा परि ज्यान गुमाउनेहरु सबैको भने पहिचान भैसकेको छैन ।

बंगलादेश, भारत, इन्डोनेसियालगायतका देशले आफ्ना केही नागरिक मारिएको बताए पनि पूर्ण रुपमा जानकारी आइसकेको छैन ।

 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया