सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
माेरङ - विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाल र बगलादेशबीचको पहिलाे हाफ सकिँदा नेपालले ३-० काे अग्रता बनाएकाे छ ।
खेलको पहिलो ६ मिनेटमा बङ्गलादेशले आत्मघाती गोल गरेपछि नेपालकाे अग्रता सुरु भएकाे हाे । मनमायाँ लिम्बुले प्रहार गरेको बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनको हेडमा आत्माघाती गोलले नेपाललाई १ शून्यकाे अग्रता दिलायाे ।
खेलको २३औं मिनेटमा नेपालको तर्फबाट अर्को गोल भयाे । हिराकुमारी भुजेलको पासमा साबित्रा भण्डारीले हानेको बल नै नेपालको लागि दोश्रो गोलमा परिणत भयाे ।
त्यस्तै मन्जली कुमारी योन्जनले साबित्राको पासमा २८औं मिनेटमा गरेकाे गोलले नेपाललाई पहिलाे हाफमा बंगलादेशविरुद्ध तीन-शून्यकाे अग्रता दिलाएकाे हाे ।