माईभ्याली गोल्डकप: पुलिस क्लबलाई हराउँदै दाउफिन्स फाइनल प्रवेश

 चैत २, २०७५ शनिबार १८:२७:३८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – नेपाल पुलिस क्लबलाई हराउँदै क्यामरुनकाे दाउफिन्स क्लब इलाममा जारी पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

शनिबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिसविरुद्ध २–० गोलको सहज जित निकाल्दै दाउफिन्स सेमिफाइलन प्रवेश गरेको हो ।

पहिलो हाफमा १–० ले अग्रता लिएको दाउफिन्सले दोश्रो हाफमा अग्रता दोब्बर बनाउँदै जित निकालेको थियो । दाउफिन्सले १७ औं र ७१ औं मिनेटमा गोल गरेको थियो । 

दाउफिन्सका अहोण्डा इसाले दुवै गोल गरी आफ्नो टिमलाई २–० को जित दिलाएका थिए । खेलको म्यान अफ द म्याच विजेता दाउफिन्सका टिनाटिना घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

आइतबारको सेमिफाइनलमा हिमालयन शेर्पा क्लब काठमाण्डौ र मेची नेत्रालय झापाबीच प्रतिष्पर्धा हुनेछ । विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया