प्रशिक्षक जिदानको दोस्रो कार्यकालको पहिलो खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २-० ले हरायो

 चैत २, २०७५ शनिबार २३:३९:५ | एजेन्सी
unn.prixa.net

पूर्व प्रशिक्षक जिनेदिन जिदानले दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिड विजयी भएको छ । रियलले सेल्टा डि भिगोलाई २–० ले हराउँदै जिदानको पुनरागमन सुखद बनायो । 

सान्टियागो बर्नाबाउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रियलले दुई गोल गर्यो। ६२औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

७७औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाए । उनले मार्सेलोको पासमा गोल गरेका थिए । 

जितसँगै रियलले २८ खेलबाट ला लिगाको तालिकामा ५४ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलाना ६३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५७ अंक रहेको छ । सेल्टा भने २५ अंकसहित रेलिगेसन जोनमा छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया