महिला साफ च्याम्पियनसिप : भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

 चैत ३, २०७५ आइतबार ७:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ  । यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ ।

चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ प्रतियोगिताको पहिलो खेलमा नै प्रभावशाली जित निकालेको थियो । उसले माल्दिभ्स विरुद्ध ६–० को जित हात पारेको थियो । 

यता श्रीलंकाले पनि माल्दिभ्सलाई दुई शून्यले हराएको थियो । आइतबारको विजेताले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ भने उपविजेताले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमको इतिहास हेर्दा जहिले पनि भारत निकै हावी हुँदै आएको छ । यो खेल दिउँसो तीन बजेदेखि सुरु हुनेछ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया