एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित

 चैत ३, २०७५ आइतबार ८:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग दुई शून्यले पराजित भएको छ । 

एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा पाहुना टिम मड्रिडले पहिलो हाफमा गोल गर्दै निकै मौका पाए पनि सकेन । दोस्रो हाफमा भने एथ्लेटिक बिल्बाओले आक्रामक फुटबल खेल्दै दुई गोल गर्न सफल भयो । जसका कारण एट्लेटिको स्तब्ध बन्यो । 

खेलको ७३ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ८५ औं मिनेटमा केनन कोद्रोले एथ्लेटिक बिल्बाओको अग्रता दुई शुन्यमा पुर्‍याए । तर त्यसपछि मड्रिड खेलमा खेलमा फर्कन सकेन र सिजनको चौथो हार ब्यहोर्‍याे । यो हारले उसलाई शिर्ष स्थानको बार्सिलोनासँग दूरी कम गर्ने अवसर गुमेको छ । 
बार्सिलोनाको २७ खेलबाट ६३ अंक छ भने एट्लेटिको मड्रिडको २८ खेलबाट ५६ अंक छ । तेस्रो स्थानको रियलको ५४ अंक छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया