अन्तरवार्ता लिने राेबाेट, जसले मात्र ७ सेकेण्डमा जागिर दिने या नदिने निर्णय गर्छ !

 चैत ३, २०७५ आइतबार १८:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

वैज्ञानिकले यस्तो रोबाेट बनाएका छन्, जसले जागिर दिने विषयमा हुने भेदभावलाई अन्त्य गर्ने बताइएको छ । याे रोबाेटले उम्मेद्वारहरुसँग प्रश्न उत्तर गर्ने गर्छ । र उम्मेद्वारलाई काममा राख्ने या नराख्नेबारे निर्णय गर्छ ।

यसलाई स्विडेनको एक कम्पनी फुर्हतले निर्माण गरेको हो । यसको नाम टेंगई राखिएको छ । यसले बोल्ने, सुन्ने, नजर मिलाउनुका साथै भावना पनि देखाउने गर्छ । स्विडेनको एउटा सबैभन्दा ठूलो जागिर दिने कम्पनी टीएनजीले याे रोबाेटको प्रयोग गर्दैछ ।

यसलाई इन्टरभ्युअर रोबाेट पनि भनिन थालेको छ । यसलाई निर्माण गर्न कम्पनीलाई चार वर्ष लागेको थियो । मानिसको अनुहारजस्तो देखिने यस रोबाेटको लम्बाइ १६ इन्च र तौल साढे तीन किलो रहेको छ ।

वैज्ञानिकहरुले यसको आवाजको लवज अरु रोबाेटको झैँ सामान्य राखेका छन् । कम्पनीका अनुसार विशेषगरी यसको प्रयोग जागिरको लागि दिइने अन्तर्वातामा गरिनेछ । यसको सहयोगबाट जागिरमा हुने भेदभावको अन्त्य हुने विश्वास कम्पनीको छ । 

यसमा उम्मेद्वारको क्षमतालाई बुझ्नसक्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । यसले अगाडि बसेको उम्मेद्वारको उमेर, लिङ्ग, जाति तथा रंगको आधारमा भेदभाव गर्दैन ।

कम्पनीले यसको प्रयोगसँग जोडिएको एउटा भिडियो पनि रिलिज गरेको छ । जसमा उम्मेद्वारको क्षमता र दक्षतालाई सुनेर र बुझेर उसलाई जागिरको लागि योग्य ठान्छ । यस प्रोजेक्टका प्रमुख वैज्ञानिक ग्याब्रियलका अनुसार फरक फरक उम्मेद्वारलाई चिन्नको लागि यसमा धेरै प्रकारका रिक्रुटर लर्निङको प्रयोग गरिएको छ ।

प्रोजेक्टका प्रमुख आविस्कार अधिकारीका अनुसार रिक्रुटरले उम्मेद्वारलाई राख्ने या नराख्ने निर्णय गर्नको लागि सामान्यतया १५ मिनेट लगाउने गर्छन् तर यो रोबाेटले मात्र ७ सेकेण्डमा निर्णय गर्ने छ ।

अहिले यसको प्रयोग स्विडेनमा मात्र गरिँदैछ । कम्पनी बताए अनुसार यसले अंग्रेजीबाहेक अरु भाषा पनि बोल्न सक्नेछ र सन् २०२० सम्म यस्तो रोबाेट सबैतिर प्रयोगमा आइसक्ने छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया