मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

 चैत ४, २०७५ सोमबार ७:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकका कारण बार्सिलोनाले ला लिगामा आइतबार राति भएको खेलमा रियल बेटिसलाई चार एकको फराकिलो जित निकाल्न सफल भयो । जितका कारण बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको दूरी १० अंकमा पुर्‍याएको छ । 

सेभियामा भएको खेलको १८ औं मिनेटमा मेस्सीले २० यार्ड टाढाबाट गरेको प्रहार साझै गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लुइस स्वारेजको पासमा मेसीले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफमा दुई शुन्यले अगाडी राखे ।

६३ औं मिनेटमा लुइस स्वारेजले जेरार्ड पिकेको पासमा गोल गरेपछि बार्सिलोना तीन शुन्यले अगाडी रह्यो । २ औं मिनेटमा बेटिसले एक गोल फर्काएको थियो । उसका लागि लोरेन मोरोनले गोल गर्न सफल भए ।

तर त्यसको तीन मिनेटपछि मेस्सीले फेरि इभान राकिटिचको पासमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई चार एकको जित दिलाए । जितपछि बार्सिलोनाको २ खेलबाट ६६ अंक भएको भने एट्लेटिको मड्रिडको ५६ अंक छ । ला लिगामा मेस्सीको यो ३३ औं ह्याट्रिक हो ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया