मौसम : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

 चैत ५, २०७५ मंगलबार ७:१५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार काठमाण्डौसहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रिमनसुनी समय भएकाले बेलुकीपख भने मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । स्थानीय वायुको प्रभावका कारण सोमबार दिउँसो पनि काठमाण्डौ उपत्यकालगायतका विभिन्न ठाउँमा पानी परेको थियो ।

मंगलबार पनि स्थानीय वायुका कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । बुधबारदेखि मौसम सफा हुँदै जाने उहाँको भनाई छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया