प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र श्रीलंका बीचकाे दाेस्राे हाफकाे खेल जारी छ । अहिलेसम्म नेपालले चार गाेलकाे अग्रता बनाएकाे छ ।
पहिलाे हाफकाे अन्त्यतिर १ गाेल गरेकाे नेपालले दाेस्राे हाफकाे खेल जारी रहँदा तीन शून्यले अग्रता बनाएकाे छ । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी हुन् । गीता रानाले प्रहार गरेको फि कीकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् ।निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् ।
सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो । दाेस्राे हाफकाे सुरुदेखि नै पाेष्ट चार्ज गरेकाे नेपालले ७२ औं मिनेटमा अग्रता दाेस्राे र ८१ औं मिनेटमा तेस्राे र ८६ औं मिनेटमा चाैथा गाेल गरेकाे हाे । नेपालका लागि अनिता बस्नेतले दाेस्राे र सावित्रा भण्डारीले तेस्राे र रेखा पाैडेलले चाैथाे गाेल गरेकी हुन् ।