३ लाख ३५ हजारको बिल नतिरेको भन्दै अभिनेत्रीमाथि मुद्दा दर्ता

 चैत ७, २०७५ बिहिबार १०:५३:१४ | एजेन्सी
unn.prixa.net

बैङ्लुरुको द ललित अशोक होटलका सुरक्षा प्रबन्धकले कन्नड सिनेमाकी अभिनेत्री पूजा गान्धी र राजनीतिज्ञ साथी अनील पी. मिनासीनाकाईविरुद्ध भारु ३.३५ लाख बराबरको बिल नतिरेको भन्दै मुद्दा दर्ता गरेका छन् । 

होटलका सुरक्षा प्रबन्धकले पूजा र उनका साथी मिनासिनाकाईले होटलको पूरा बिल नतिरिकन भागेको बताएका छन् । एक वरिष्ठ पुलिस अधिकारीले भने, ‘गएको मार्च ११ मा मुथान्ना सीसी, द ललित होटलका सुरक्षा प्रबन्धकले हाई ग्राउण्ड पुलिसमा मुद्दा दायर गरेका थिए ।’ उनीहरुको बयानको आधारमा पुलिसले मुद्दा लिएको तर प्रथम सूचना रिपोर्ट (एफआईआर) नभई एनसीआरका रुपमा दर्ता गरेको प्रहरीले जनाएको छ ।

‘पूजा र मिनासीनाकाईका साथै अरु सदस्यहरुलाई होटलले अप्रिल २०१६ देखि मार्च २०१७ सम्म सेवा दिएको थियो । उठेको बिल २६ लाख २२ हजार ३ सय ४४ मध्ये उनीहरुले सन् २०१८ सम्म पटक पटक गरेर २२ लाख ८३ हजार १ सय २९ मात्र तिरे । तर अहिलेसम्म पनि बाँकीको ३ लाख ५३ हजार ४० भारु तिरेका छैनन्’ मुथान्नाले दर्ता गरेको अभियोगमा भनिएको छ ।

होटलका अनुसार, अभिनेत्री पूजा र उनका साथी अनेक बाहना गर्दै, बाँकी रकम तिर्ने भन्दै होटलबाट भाग्न सफल भएका थिए । ‘जेडी चक्रवर्तीको सिनेमाको प्रि प्रोडक्शनको लागि म होटलमा बसेको थिएँ, मैले क्रेडिट कार्डबाट बिल भुक्तानी गरेको थिएँ । मैले झुठो मुद्दाको बारेमा थाहा पाएँ र होटलका महाप्रबन्धक भाष्करसँग सम्पर्क गरेको थिएँ । यो हामी दुईबीच भएको असमझदारी हो ।’ अभिनेत्रीले भने आफ्नो छवि धमिल्याउन यस्तो गराइएको बताएकी छिन् । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया