प्रहरीलाई ४ सय रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

 चैत ७, २०७५ बिहिबार १६:१२:५६ | उज्यालो सहकर्मी

ललितपुर – ललितपुरको बालकुमारीमा प्रहरीलाई घुस दिन खोज्ने एकजना मोटरसाइकल चालक पक्राउ परेका छन् । 

प्रहरी जाँचको क्रममा ४ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३५ प ८६६७ नम्बरको मोटरसाइकलका चालक ललितपुर इमाडोल बस्ने भिमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसअघि पनि कोटेश्वर र नागढुङ्गाबाट प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ परेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया