भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
चैत १५, २०८० बिहिबार
मकवानपुर - हेटौंडामा बिहीबारदेखि सुरु भएको शहीद स्मृति गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम मकवानपुर ११ विजयी भएको छ ।
उद्घाटन खेलमा काठमाण्डौको मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर ११ विजयी भएको हो । मकवानपुरका तर्फबाट विदेशी खेलाडी काजिमले २ गोल गरे भने मछिन्द्रको तर्फबाट डोम्बाबिया महमदले १ गोल गरे ।
बाँस र फलामको प्यारापिटमा बसेर ३ हजार दर्शकले खेल हेरेका थिए । प्रतियोगितामा घरेलु र एक विदेशी टोलीसहित राष्ट्रियस्तरमा चर्चित ए डिभिजनका आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक, विदेशी क्लब दाउफिन्स, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, हिमालयन शेर्पा, च्यासल, सरस्वती र मच्छिन्द्र क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ८ लाख रूपैयाँ तथा दोस्रो हुनेले ४ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रूपैयाँ, व्यक्तिगत विधाका विजेताले जनही २०–२० हजार रुपैयाँ तथा हरेक खेलको म्यान अफ दि म्याचले १० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।