जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
इराकको मोसुल शहरमा रहेको टिगरिस नदीमा डुंगा डुब्दा कम्तीमा सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ ।
डुंगामा दुई सय जना सवार थिए । उनीहरु सबैजना घुम्नका लागि पर्यटकीय आइल्याण्ड जाँदै थिए ।
दुर्घटनामा परेका ५५ जनालाई बचाइएको बताइएको छ ।
त्यहाँका अधिकारीहरुले नदीमा पानीको बहाव बढेका कारण त्यहाँ जानका लागि त्यसअघि नै चेतावनी दिएको बताएका छन् । उनीहरुले मोसुल बाँधको ढोका खोलिएका कारण पानीको वहाब बढेको जानकारी दिएका थिए ।