गुल्मीमा ४१ जना छात्र-छात्रा एसईई परीक्षा दिनबाट वञ्चित

 चैत ८, २०७५ शुक्रबार १२:५:३७ | जनार्दन घिमिरे
unn.prixa.net

 गुल्मी – गुल्मीमा यस पटकको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसर्ईई) मा ५ हजार १ यस ३४ जना विद्यार्थीहरुमध्ये ४१ जना विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले परीक्षा सञ्चालनका लागि जिल्लाका विभिन्न केन्द्रहरुमा खटाएका केन्द्राध्यक्षहरुका लागि लक्षित अभिमुखिकरण कार्यक्रममा यो जानकारी जानकारी गराइएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेका अनुसार कतिपय विद्यार्थीहरुले पढ्दा पढ्दै बीचैमा पढाइ छोडेको, कतिपयको हाजिरी नपुगेको, कतिपय नियमित विद्यालय जान छाडेका र कतिपयले परीक्षा फारम नै नभरेका कारण उनीहरु यस पटकको एसर्ईई परीक्षामा सहभागी नहुने बताउनु भएको हो । 

घिमिरेका अनुसार यस पटकको परीक्षामा गुल्मी जिल्लावाट नियमित तर्फवाट ४ हजार ८ सय ५२, पुरानो ग्रेड वृद्धिका २३ जना, नयाँ ग्रेडवृद्धिका ६१ र प्राविधिक धारका १ सय ५७ जना गरी कूल ५ हजार ९३ जना छात्रछात्राहरु परीक्षामा सहभागी हुने बताइएको छ । 

परीक्षा सञ्चालनका लागि जिल्लामा २७ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । जस अन्र्तगत केन्द्रहरुमा एकएक जना केन्द्राध्यक्ष र २९ जना सहायक केन्द्राध्यक्षहरुलाई खटाइएको छ । 

परीक्षालाई व्यवस्थित र अनुशासित बनाउनका लागि २० जना विद्यार्थी बरावर एकजना निरिक्षकको पनि व्यवस्था गरिएको छ । 

परीक्षालाई थप मर्यादित बनाउनका लागि परीक्षा समन्वय समितिले २१ बुँदे आचार संहिता समेत जारी गरी त्यसैका आधारमा परीक्षा सञ्चालन गर्नका लागि सबै केन्द्रहरुका केन्द्राध्यक्षहरुलाई निर्देशन समेत दिएको परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । 
उहाँका अनुसार सबै केन्द्रहरुमा सुरक्षा व्यवस्था मजबुत बनाइएको र सबैै केन्द्रहरुमा उत्तर पुस्तिकाहरुसमेत पुगिसकेकोे छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया