सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको बहस सकिएको छ ।
मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको शुक्रबार बहस सकिएको हो । बहस सकिए पनि समय अभावले आदेश भने आउन सकेको छैन ।
बहस सकिएसँगै आदेशका लागि समय अपुग भएकाले आइतबार बिहान १० बजे बोलाइएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो । उहाँले अदालतको आदेश नआएकाले विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको बताउनुभयो ।
यता, विष्टसँगै फरार रहेका सीआईबीका बहालवाला डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।
अदालतबाट जिल्ला प्रहरी कार्यालयमा म्याद पठाए पनि कहिले तामेली गयो भन्नेबारे उहाँले जानकारी नआएको बताउनुभयो ।
मुद्दाका प्रतिवादीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चादँनी साउँद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।