भेनेजुएलाले अर्जेन्टिनालाई ३-१ ले हरायाे

 चैत ९, २०७५ शनिबार ६:४८:८ | एजेन्सी
unn.prixa.net

स्टार खेलाडी लियोनल मेस्सीको कमब्याक खेलका रुपमा रहेको मैत्रीपुर्ण खेलमा  अर्जेन्टिना भेनेजुएलासँग तीन-एकले पराजित भएको छ । 

आज बिहान भएको खेलमा मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध भेनेजुएलाले उत्कृष्ट खेल पस्कियो । खेलको छैटौं मिनेटमा नै रोनडोनको गोलमार्फत भेनेजुएलाले अग्रता बनाएको थियो ।

त्यसपछि ४४ औं मिनेटमा मुरिल्लोले गोल गर्दै अर्जेन्टिनाविरुद्ध टिमलाई दुई-शून्यले अगाडी राखे । पहिलो हाफमा दुई गोलले पछि परेको अर्जेन्टिनाले ५९ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि लउटारो मार्टिनेजले गोल गर्न सफल भएका थिए । तर ७५ औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै भेनेजुएलालाई तीन-एकको जित दिलाए ।

रसिया विश्वकप पछि टिममा फर्किएका मेस्सीका लागि कमब्याक खेल निकै खल्लो बनेको छ । विश्वकपमा अन्तिम १६ बाट बाहिरिएपछि मेस्सीले राष्ट्रिय टिमबाट खेलेका थिएनन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया