कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

 चैत ९, २०७५ शनिबार ६:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ  – अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार आएको छ । 

शुक्रबार बेलुकी रक्तचाप ह्वात्तै घटेपछि उहाँलाई काठमाण्डौको धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल पुर्‍याइएको उहाँका सहयोगी किरण सिटौलाले जानकारी दिनुभयो ।

नेता सिटौलाको हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि आईसीयूमा राखेर उपचार भइरहेको छ । शरीरमा रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइँदैछ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया