पिकअप भ्यानको ठक्करबाट दाङमा एक जनाको ज्यान गयो

 चैत ९, २०७५ शनिबार ८:५५:२ | हेमराज शर्मा

दाङ - दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको ज्यान  गएको छ ।  

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा 
दंगिशरण गाउँपालिका वडा नं. ६ थपगाउँ निवासी १८ वर्षीय गोरख चौधरीको ज्यान गएकाे छ । 

चौधरीकाे राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । पिकअपका चालक फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया