प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रियसभाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ ।
आइतबार बसेको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथिको छलफलपछि संशाेधनसहित बहुमतले पारित गरेको हो ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनको १ देखि १६ सम्मका संशाेधित बुँदासहित विधेयक पारित भएको हो । यसअघि विधायन समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको सन्दर्भमा नयाँ र नगरी नहुने विषय भएकाले व्यवहारमा प्रभाव पारेका विषयलाई मात्रै विधेयकमा उल्लेख गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले कानुनबाट नै बाध्यकारी बनाउनका लागि सजायको व्यवस्थालाई त्यही ढंगले राखिएको भन्दै आवश्यकताका आधारमा संशाेधन गर्दै लैजान सकिने बताउनुभयो । छलफलमा सदस्यहरुले कानुनी प्रावधान कडा राखिएको भन्दै कम गर्नुपर्ने धारणा राखेको थिए ।