मेयरको निर्देशन मान्ने खरिदारसँग उपमेयरले सोधिन् स्पष्टिकरण

 जेठ ३, २०७५ बिहिबार ९:३२:३५ | धनवीर महतो
unn.prixa.net

mayer

भाेजपुर – मेयरको निर्देशन मानेको भन्दै महोत्तरीको औरही नगरपालिकाकी उपमेयर रेणु झाले कार्यालयका खरिदार सञ्जिवकुमार साहसँग स्पष्टिकरण माग्नुभएको छ । गएको सोमबार उपमेयरलगायत कार्यपालिका सदस्यलाई मंगलवार बैठक बस्ने सूचना दिएका नगरपालिकाको वडा नम्बर १ कार्यालयका सचिव साहलाई साहलाई उपमेयर झाले ७२ घण्टे स्पष्टिकरण सोध्नुभएको हो ।

उपमेयरले सोधेको स्पष्टिकरणपत्रमा ‘बैठक छ भन्ने जानकारी कुन मनसायले र कसको निर्देशनमा आफूलगायत कार्यपालिकाको अन्य सदस्यलाई गराएको हो यसको चित्तबुझ्दो जवाफ पेश गर्न’ भनिएको छ ।

मेयर सुनिल यादवले भने खरिदार साहले आफूले नै दिएको निर्देशन पालना गरेको बताउनुभयो । आपतकालीन बैठक बस्ने भएकाले त्यसको जानकारी गराउन आफूले खरिदार साहलाई निर्देशन दिएको र साहले त्यहि निर्देशन मानेकाले  उपप्रमुखले कसैसँग छलफल नै नगरि स्पष्टिकरण सोध्नु उचित नभएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया