युरोकप छनोट : जर्मनीको रोमाञ्चक जित

 चैत ११, २०७५ सोमबार ७:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

युरोकप छनोट अन्तर्गत बेल्जियमले लगातार दोस्रो खेलमा जित निकाल्दा जर्मनीले नेदरल्याण्ड्स माथि रोमाञ्चक जित निकाल्यो । 

जर्मनीले नेदरल्याण्ड्सलाई तीन दुई गोलले हरायो । खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडि रह्यो । 

तर नेदरल्याण्ड्सले त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काउदै सनसनी मच्चाएको थियो । उसका लागि डी लिग्ट र डीपेले एक–एक गोल गरे । तर खेलको ९० औं मिनेटमा सुर्लेले गोल गर्दै जर्मनीलाई रोमाञ्चक जित दिलाए ।

समूह आई अन्तर्गत भएको खेलमा बेल्जियमले साइप्रसलाई दुई शून्यले हरायो । बेल्जियमको जितमा खेलको १० औं मिनेटमा इडेन हाजार्ड गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि बाट्सुएइले गोल गर्दै टिमलाई २० मिनेटमा नै दुई शूयले अगाडि राखे ।

तर त्यसपछि बेल्जियमले बारम्बार मौका पाउदा पनि थप गोल गर्न सकेन र दुई शून्यको जित निकाल्यो ।

यस्तै अर्को खेलमा पोल्याण्डले पनि लातभियालाई दुई शून्यले नै हरायो भने नर्दन आयरल्याण्डलले बेलारुसलाई दुई एकले पाखा लगायो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया