अमेरिकी राष्ट्रपति ट्रम्पले दिए मेक्सिकोसँगकाे सीमा बन्द गर्ने चेतावनी

 चैत १६, २०७५ शनिबार १२:३३:२७ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अवैधानिक रुपमा हुने आप्रवासन नरोकेमा अमेरिकाले आफ्नो दक्षिणी सीमा आगामी हप्ता बन्द गर्ने चेतावनी दिएका छन् । 

फ्लोरिडामा संवाददाताले सोधेको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘म मजाक गरिरहेको छैन, यसको मतलब पूरा कारोबारबाट हुनसक्छ ।’ ट्रम्पको यो कदमले दुवै देशको आर्थिक अवस्था प्रभावित हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।  

‘हामी यसलाई लामो समयसम्म बन्द गर्छाैं’, राष्ट्रपति ट्रम्पले भने । डोनाल्ड ट्रम्प मेक्सिको भएर अवैध रुपमा भित्रिने आप्रवासीलाई रोक्नका लागि पछिल्लो दुई वर्षदेखि मेक्सिको सीमानामा पर्खाल लगाउनुपर्ने कुरा उठाउँदै आएका छन् । 

पछिल्लो महिनामात्र ७६ हजारभन्दा बढी आप्रवासीहरुलाई अवैधानिक रुपमा अमेरिकामा छिरेको भन्दै हिरासतमा लिइएको थियो । यो संख्या पछिल्लो १२ वर्षको अन्तरालमा सबैभन्दा धेरै हो । 

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया