रेडियो नेपाल कुनाकन्दरामा रहेका नागरिकको आवाज बन्नुपर्छ : सञ्चारमन्त्री बाँस्काेटा

 चैत २०, २०७५ बुधबार १५:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रेडियो नेपाललाई एक वर्षभित्र सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने घोषणा गर्नु भएको छ । 

मन्त्री बास्कोटाले रेडियो नेपालका जनशक्ति, भौतिक पूर्वाधार र प्रविधिको प्रयोगमा आमूल परिवर्तन हुने गरी सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।

बुधबार रेडियो नेपालको ६९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले रेडियो नेपालको कुनाकन्दराका नागरिकको आवाज बन्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । मन्त्री बास्कोटाले रेडियो नेपालले स्थानीय भाषाको समाचार स्थानीय तहबाटै प्रशारण गर्ने व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।

मन्त्री बास्कोटाले रेडियो नेपालको जमिनलगायतको सम्पत्तिहरुको सदुपयोग गरेर अघि बढने योजना पनि अघि सार्नु भयो । कार्यक्रममा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य, जनवादी गायक जेबी जुहुरेलाई ५१ हजार नगदसहित ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान’ पुरस्कार पनि प्रदान गरिएको थियो ।

मन्त्री बास्कोटाले नेपाली गीत, संगीत र संस्कृतिको क्षेत्रलाई अघि बढाउन नयाँ पुस्तालाई प्राथमिकता दिन पनि रेडियो नेपालका पदाधिकारीहरुलाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया