म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लियो

 चैत २१, २०७५ बिहिबार ७:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा कार्डिफ सिटीमाथि २–० को जित निकाल्दै सिटीले शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको हो । 

सिटीको ८० अंक छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ७९ अंक रहेको छ । सिटीको जितमा केभिन डि ब्रुइन र लोरियो सानेले एक एक गोल गरेका थिए । सिटीलाई घरेलु मैदानमा पहिलो हाफमा गरेको २ गोल नै जितका लागि प्रयाप्त बन्यो । 

छैटौं मिनेटमा केभिन डी ब्रुइनले गोल गर्दै सिटीलाई सुरुमै अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा लोरियो सानेले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि सिटीले गोल गर्ने मौका पाएको थियो । हारसँगै कार्डिफ सिटी २८ अंकका साथ रेलिगेशन जोनमा छ ।

प्रिमयर लिगकै अन्य खेलमा चेल्सीले ब्राइटनमाथि ३–० को जित निकालको छ । पहिलो हाफमा १ गोल गरेको चेल्सीले दोस्रो हाफमा २ गोल थपेको थियो । ३८ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

६० औं मिनेटमा इडन हाजार्डले गोल गर्दा २–० ले अघि बढेको चेल्सीले त्यसको तीन मिनेट पछि तेस्रो गोल थपेको थियो । जसमा रुविन लोफ्टस सफल भएका थिए ।

त्यसपछि थप गोल नभएपछि चेल्सी ३–०ले विजयी हुँदै प्रिमियर लिगको तालिकामा ६३ अंकसहित पाँचौं स्थानमा यथावत रहेको छ । समान ६३ अंक भएको आर्सनल गोल अन्तरका आधारमा चौथो स्थानमा छ । चेल्सीसँग पराजित भएको ब्राइटन ३३ अंकसहित १५ औं स्थानमा छ ।

आफ्नो स्टेडियमको उद्घाटन खेलको रुपमा रहेको टोटनह्यामले क्रिष्टल प्यालेसलाई २–०ले पराजित गरेको छ । टोटनह्यामले नयाँ स्टेडियम बनाएपछि बुधबार राति पहिलो खेल खेलेको थियो ।

जसमा क्रिस्टललाई २–० ले पराजित गर्दा सन मिन हिउनले ५५ तथा क्रिष्टिन इरिक्सनले ८० औं मिनेटमा एक एक गोल गरेका थिए । जितसँगै ६४ अंक जोडेको टोटनह्याम तेस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया