प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

 चैत २१, २०७५ बिहिबार ८:४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भेटघाट र छलफल गर्दै हुनुहुन्छ । बालुवाटारमा हुने भेटमा सबै प्रदेश सरकारका काम भोग्नुपरेका चुनौती, संघीय सरकारको भूमिकालगायतका विषयमा छलफल हुनेछ । 

भेटमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

विकास परिषदको बैठकका लागि सातै प्रदेशका मुख्य मन्त्री काठमाण्डौमा आएका हुन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया