देशभर मौसममा बदली, मौसमविद् भन्छन् ‘पानी पर्ने सम्भावना छ’

 चैत २१, २०७५ बिहिबार ८:२१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार देशभरको मौसममा बदली भएको छ । दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अबको दुईतीन दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले अब दुई तीन दिन देशभरका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘आजभन्दा भोलि र भोलिभन्दा पर्सि देशभरी कै मौसम बदली भई पानी पर्नेछ ।’ बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिममा भने थोरै पानी पर्ने उहाँले जानकारी दिनुभयो । 

बिहीबार राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया