भ्यालेन्सियासँग रियल मड्रिड पराजित

 चैत २१, २०७५ बिहिबार ८:५४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडले ला लिगामा सिजनको नवौं पराजय ब्यहोरेको छ । जिनेदिन जिदानको पुनरागनपछि रियलले पहिलो पराजय ब्यहोरेको हो । बुधबार राति रियलले भ्यालेन्सियासँग उसकै मैदानमा पराजित हुनुपरेको हो ।

रियल मड्रिडले ला लिगाको यसअघिका दुई सिजनमा ब्यहोरेको हारभन्दा बढी यसपटकको एकै सिजनमा ब्यहोरेको छ ।

पहिलो हाफमा गोन्कालो गुडेसको गोलमार्फत घरेलु टोली भ्यालेन्सियाले अग्रता बनाएको थियो । उनले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए ।

इजेक्वेल गारायेले ८३ औं मिनटमा हेडमार्फत दोस्रो गोल फर्काएपछि रियलको हार निश्चित बन्यो । खेलको इन्ज्यूरी समयमा करिम बेन्जेमाले गोल गरी अग्रता छोट्याएका थिए ।

लिगमा ८ खेल बाँकी छँदा रियल तेस्रो स्थानमा छ र शीर्ष स्थानको बार्सिलोनासँग १३ अंकले पछि छ । रियलको ३० खेलबाट ५७ अंक छ ।

यसैगरी भ्यालेन्सिया पाँचौं स्थानमा उक्लिएको छ र उसको ३० खेलबाट ४६ अंक छ । तेस्रो स्थानको गेटाफेभन्दा १ अंकले पछि छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Arjun Sapkota

    April 4, 2019, 11:34 a.m.

    लिगमा ८ खेल बाँकी छँदा रियल तेस्रो स्थानमा छ । तेस्रो स्थानको गेटाफेभन्दा १ अंकले पछि छ । तेस्रो स्थानमा हो चै को ? पक्का गर्न पाए हुनी ।

  •  0 Reply

तपाईको प्रतिक्रिया