विश्वकपका लागि न्यूजिल्याण्ड क्रिकेट टिमकाे घाेषणा

 चैत २१, २०७५ बिहिबार ९:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डमा हुने आईसीसी विश्वकप क्रिकेटका लागि न्यूजिल्याण्डले टिमको घोषणा गरेको छ । 

न्यूजिल्याण्ड क्रिकेट बोर्डले ३० मे देखि १४ जुलाईसम्म आयोजना हुने विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टिमको घोषणा गरेको हो । केन विलियम्सनको कप्तानीमा घोषणा गरिएको  टिममा टम ब्लेडलले डेब्यू गर्ने भएका छन् ।

यसअघि राष्ट्रिय टिमबाट कुनै पनि प्रतियोगिता नखेलेको विकेट किपर ब्याट्सम्यान ब्लेडलले सिधै विश्वकपमा डेब्यू गर्ने भएका हुन् । टिम सिफर्ट घाइते भएपछि ब्लडेलले मौका पाएका हुन् । 

यसैगरी न्यूजिल्याण्ड टिमका नियमित सदस्य रहेका तिव्र गतिका बलर डग ब्रेसबल अन्तिम १५ सदस्यीय टोलीमा अटाएका छैनन् । प्रशिक्षक गेरी कस्टनले विश्वकप जस्तो ठूलो प्रतियोगिताका लागि खेलाडी छनोट गर्नु चुनौती रहेको बताएका छन् । 

विश्वकपको पहिलो खेलमा न्यूजिल्याण्डले जुन १ तारिखमा श्रीलंकाविरुद्ध खेल्ने छ । यसैगरी १३ जुनमा न्यूजिल्याण्ड र भारतका बीचमा प्रतिस्पर्धा हुने छ । 

न्यूजिल्याण्डको टिमः

केन विलियम्सन (कप्तान) रस टेलर, मार्टिन गुप्टिल, कलिन मुनरो, हेनरी निकोलस, टम लाथम र टम ब्लेडल (विकेट किपर) जिमी नीशम, मिशेल सेंटनर, कलिन डी ग्रेडहोम, लकी फर्गुसन, टीम साउथी, ईश सोढी र मेट हेनरी ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

2 Comments

  • aashish

    April 5, 2019, 1:50 p.m.

    nz is strong team

  •  0 Reply
  • Sudeep

    April 4, 2019, 10:06 a.m.

    One more missing from the list. Trent Boult...

  •  0 Reply

तपाईको प्रतिक्रिया