एक वर्षमा बलवा नगरपालिकाले गुमायो दुई वडाध्यक्ष

 चैत २१, २०७५ बिहिबार १९:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – महोत्तरीको बलवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लोकेन्द्र महतोको ६५ वर्षको उमेरमा हृदयघातबाट बिहीबार निधन भएको छ ।

अचानक छाती दुखेपछि जनकपुरको रामजानकी अस्पतालमा भर्ना भएका वडाध्यक्ष महतोको बिहीबार दिउँसो २ बजे निधन भएको परिवारजनले बताएका छन् ।

उहाँ संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । समाजमा लोकप्रिय भएका कारण महतो यसअघि ३ पल्ट जननिर्वाचित वडाध्यक्ष बन्न सफल हुनुभएको थियो ।

पञ्चायतकालमा २ पटक, प्रजातन्त्र कालमा एक पटक र संघीय गणतन्त्रपछि एक पटक गरी जम्मा ४ पटक वडाध्यक्ष बन्नु भएको थियो । उहाँको अकास्मिक निधनले बलबा नगरपालिका शोकाकुल बनेको छ ।  

यसअघि गएको २०७४ चैत्र ३ गतेका हृदयघातकै कारण बलवा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार साहको निधन भएको थियो थियो । एक वर्षकै अन्तरालमा बलवा नगरपालिकाका २ जना वडाध्यक्षको निधनले नगरपालिकालाई अपूरणीय क्षति भएको स्थानीय मनोज यादवले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया