त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित ४ जना पक्राउ

 चैत २१, २०७५ बिहिबार २०:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ६ किलो सुनसहित ४ जना पक्राउ परेका छन् । 

थाई एअरवेजको विमानमार्फत काठमाण्डौ ल्याउँदै गरेको अवस्थामा ५ किलो ८ सय १४ ग्राम सुनसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । विभिन्न गहना बनाई जलप लगाएर सुन ल्याएको परीक्षणपछि पुष्टि भएको भण्डारीले बताउनुभयो । 

पक्राउ पर्नेमा जतिन जैन सरिता जैन बबिता गर्ग र सुनिता रहेकाे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ ।

यसअघि पनि थाई एअरवेजबाट ठूलो परिणाममा सुन भित्र्याइएको थियो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया