हावाहुरी पीडित भन्छन्- पानी पर्दा ओत लाग्ने ठाउँ छैन

 चैत २३, २०७५ शनिबार २०:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - बाराको हावाहुरी प्रभावित क्षेत्रका बासिन्दा अहिले आकाशमा कालाे बादल लागेर मौसम खराब भएक पनि त्रसित हुन थालेका छन् ।

बाराको पुरैनिया, भलुहीभरवलिया, खुट्वा, हर्दिया, पर्शुरामपुर, रमपूर्वलगायत क्षेत्रका पीडितहरु त्रसित बनेका हुन् । पानी पर्ने सम्भावना भएकाे र सुरक्षाकर्मीले निर्माण गरिदिएको पालको अस्थायी टहराले पानी, असिना थेग्न नसक्ने भन्दै पीडितहरु त्रसित र चिन्तित बनेका हुन् ।

फेटा गाउँपालिका १ भलुहीभरवलियाका राजेश दासले चिन्तित हुँदै भन्नुभयो, सुरक्षाकर्मीले एउटा पालको टहरा बनाइदिएका छन्, राति जोडले पानी पर्न थाल्यो भने बस्न कहाँ जाने?“ 

सरकारले घर बनाइदिने घोषणा गरेको भएपनि त्यो बनाउन कम्तीमा पनि दुई/तीन महिना लाग्ने भन्दै पीडितहरु अन्योलमा परेका छन् । पानी पर्ने सम्भावना भए पनि प्रभावित क्षेत्रका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले कुनै व्यवस्था नगरेको पीडितहरुको गुनासो छ ।

शनिबार बिहान कलैया र जीतपुर­­ सिमरामा करिब आधा घण्टा पानीसँगै असिना पनि परेको थियो । 

पीडितहरुका लागि राहतस्वरुप आएको १०/१५ बण्डल ओछ्याउने फाइबर म्याट पनि भिजेको छ । फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले पनि सुरक्षित बासस्थानको व्यवस्था हुन नसकेको स्वीकार गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया