चेन्नईसँगको खेलमा सन्दीपले कति विकेट लेलान् ?

 जेठ ३, २०७५ बिहिबार १५:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ३ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पछिल्लो समय चर्चामा रहेका छन् । 

उनी इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेबियन लिग खेल्ने भएकाले मात्रै चर्चामा आएका होइनन् । उनले मे ३१ मा इंग्ल्याण्डको लर्डसमा विश्व ११ को तर्फबाट वेष्ट इन्डिजविरुद्ध हुने खेलमा खेल्ने भएका छन् । 

पहिलो पटक आईपीएलमा अनुबन्धित भएर नेपाली क्रिकेटमा इतिहास कायम गरेका सन्दीपको प्रशंसा

विश्व प्रख्यात क्रिकेटरले मात्रै होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गर्न भ्याए । नेपाल भ्रमणमा रहेका मोदीले  सन्दीप लामिछानेजस्तै अरु नेपाली खेलाडी पनि अन्तर्राष्ट्रिय रुपमा जोडिनु पर्ने बताएका थिए । 

मोदीले सन्दीपलाई सम्झिएकै यस्तो संयोग भयो कि दिल्ली डेयरडेभिल्सले टिम ११ मा समावेश गर्यो । अझ दिल्लीले सन्दीपलाई रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध ओपनिङ बलरका रुपमा नै खेलायो ।

सन्दीपले आईंपीएलमा आफ्नो डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका थिए । उनको बलिङमा विश्वका दुई उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबी डिभिलियर्सलाई समेत रन बनाउन हम्मेहम्मे पर्यो । दिल्लीले आफ्नो १२ औँ खेलमा मात्र सन्दीपलाई टिम ११ मा ठाउँ दिएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया