बिहानै भूकम्पकाे धक्का

 बैशाख २, २०७६ सोमबार ६:५२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ केन्द्र केन्द्रबिन्दु बनाएर साेमबार बिहानै ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । 

सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो । आसपासका जिल्लासम्म भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया