भारतले गण्डक नहरमा एकतर्फी सुरु गरेकाे काम नवलपरासीका स्थानीयले रोके

 बैशाख २, २०७६ सोमबार १७:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – भारतले गण्डक नहरमा एकतर्फी रूपमा सुरु गरेकाे काम नवलपरासीका स्थानीयवासीन्दा राेकेका छन् । भारतीय ठेकेदारद्वारा धाेबाहा नालामा सफाइकाे कामकाे लागि लगाइएकाे भारतीय एक्स्काभेटर प्रतापपुर गाउँपालिकाका स्थानीयबासीन्दाले आइतबार राेकेका हुन् ।

प्रतापपुर गाउँपालिकाकाे वडा नम्बर ६ कठहवास्थित धाेबाहा नालामा कामकाे स्टिमेट र सहमति तयार नै नगरेर स्थानीयवासीन्दाको निजी जग्गामा भारतीय एक्स्काभेटरको प्रयाेग गरिएकाे अवस्थामा स्थानीयकाे आक्राेशित भीडले  एक्स्काभेटर मेसिन राेकेर काम राेकिएकाे हाे । बिना अनुमति तथा सहमति जथाभावी नाला खन्दा किसानकाे जग्गा खनिएकाे आरोप छ ।

किसानकाे लालपूर्जाकाे जग्गामा नाखा खन्न वा कुनै पनि भारतीय संरचना बनाउन नेपाल सरकारकाे सहमति हुनुपर्ने र किसानकाे जग्गाकाे क्षातिपूर्ति दिनुपर्ने हाे तर त्यसाे नगरेर एकाएक रूपमा खन्न थालिएपछि विभिन्न ५ बुँदे माग राखी आन्दाेलित भएका छन् ।

चाेर्निया खाेलाकाे पानी प्राकृतिक रूपमा निकास हुदै आएकाे धाेबहा खाेलामा बिना सहमति भारतीय ठेकेदारले नाला खन्न थालेपछि आक्राेसित स्थानीय एक्साभेटर राेकेका हुन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया