पक्राउ परेका पत्रकारको रिहाईको माग गर्दै महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

 बैशाख ४, २०७६ बुधबार १२:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाई गर्न माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । पत्रकार गिरीलाई प्रहरी महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेर हिरासतमा राखेको छ । 

ठगीबारेको समाचार लेखेकै आधारमा ताण्डव न्यूज डटकमका प्रकाशक तथा सम्पादक रहेका गिरीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने भए पनि प्रहरीले पक्राउ गरेपछि पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

महासंघले बिहीबार दिउँसो साढे ९ बजेदेखि साढे १० बजेसम्म एकघण्टा ७७ वटै जिल्लाका शाखामार्फत जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनेछ । यस्तै महासंघले भोलि पत्रकार गिरीलाई रिहाईको माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र गृहमन्त्री रामबहादुर थापा बादललाई पनि ध्यानाकर्षण पत्र बुझाउनेछ । पत्रकार रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गर्न भोलि महासंघको आकस्मिक बैठक बोलाइएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया