सिद्धिचरणको उपहार विपन्न किसानलाई मौरीसहितको घार

 बैशाख ९, २०७६ सोमबार १२:४४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा – विपन्न किसानलाई जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकाले ५० थान मौरीसहितका घार वितरण गरेको छ । नगरपालिकाभित्रका दलित, महिला तथा आर्थिक रुपमा विपन्न किसान परिवारलाई मौरीसहितको घार वितरण गरिएको हो ।

७५ प्रतिशत अनुदान रकममा २५ प्रतिशत् रकम किसान आफैंले व्यहोर्ने गरी मौरीको घार, गोलासहित घुम्टी, टोपी, आधार चाकालगायतका सामग्री वितरण गरिएको सिद्धिचरण नगरपालिका कृषि शाखा प्रमुख भीमबहादुर दर्जीले जानकारी दिनुभयो । उहाँका अनुसार किसानहरुलाई जीविकोपाजर्नमुखी बनाउनका लागि कृषि क्षेत्रमा काम गरिरहेको संस्था हेल्भेटासले सिद्धिचरण नगरपालिकालाई निशर्त अनुदान रकम सहयोग गरेको थियो । सोही अन्तर्गत नगरपालिकाले मौरीसहितको घार खरिद गरेर वितरण गरेको हो ।

मौरीको घार, गोलासहित घुम्टी, टोपी, आधार चाकालगायतका सामग्री खरिदमा नगरपालिकाको ४ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ । रकम हेल्भेटासल नगरपालिकाको खातामा उपलब्ध गराएको छ । मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने हिसाबले प्रति परिवार १ सेटका दरले किसानको मागका आधारमा मौरीसहितको घार उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया