नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टरको परकम्प

 बैशाख ११, २०७६ बुधबार ६:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । 

बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । 

अन्तिम अपडेट: जेठ ११, २०७६

तपाईको प्रतिक्रिया