शिक्षक सेवा आयोग पास गरी नियुक्ति पाएका शिक्षक नगरपालिकाद्वारा अस्वीकृत

 बैशाख १२, २०७६ बिहिबार १९:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयमार्फत नियुक्ति पाएका शिक्षकलाई अस्वीकार गर्ने निर्णय गरेको छ । 

शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले नियुक्ति दिएर पठाइएका शिक्षकलाई नगरपालिकाले बदर गर्ने निर्णय गरेको हो । बिहीबार बसेको शिक्षा समितिको बैठकले त्यस्ता शिक्षकको नियुक्तिलाई अस्वीकार गर्ने निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताउनुभयो । 

शिक्षक सेवा आयोग उत्तीर्ण गरेका शिक्षकलाई शिक्षा समन्वय इकाईको कार्यालयले जानकारी नदिई र समन्वय नगरी नगरपालिकाका विभिन्न विद्यालयमा पठाएको नगरपालिकाले जनाएको छ । 

बैठकमा शिक्षा समन्वय इकाईको कार्यालयले पठाएका शिक्षकलाई हाजिर नगराउने तथा हाजिर भइसकेका शिक्षकलाई तलब नदिने निर्णय गरेको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया