आन्दोलनरत इन्जिनियर तत्काल काममा नफर्के कडा कारबाही गर्ने चेतावनी

 बैशाख १३, २०७६ शुक्रबार ११:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनरत इन्जिनियरलाई तत्काल काममा नफर्के कडा कदम चाल्ने चेतावनी दिनुभएको छ ।

प्राधिकरणका इन्जिनियरले सामूहिक बिहीबार राजीनामा दिएको घोषणा गरे लगत्तै ज्ञवालीले सामाजिक संजाल ट्वीटरमार्फत तत्काल काममा नर्फकिए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको हो । उहाँले प्राविधिकका मागहरु पूरा भइसकेको भन्दै तत्काल काममा नफर्किए कडा कदम चाल्ने चेतावनी दिनुभएको छ ।

भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया