मनमोहनले थालेका काम वर्तमान सरकारले पूरा गर्छ : प्रधानमन्त्री ओली

 बैशाख १३, २०७६ शुक्रबार १२:१९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रधानमन्त्री केपीशर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताउनुभएको छ । 

पूर्वप्रधानमन्त्री एवम् तत्कालीन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।’

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुई किसिमका चलखेल भएको बताउनुभयो । ‘उहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर उहाँसँग समय रहेन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘उहाँको उतराधिकारीको रुपमा हामीले १२ बुँदे सम्झौतामार्फत द्वन्द्व को समाधान गर्यौँ र राजतन्त्र सदाका लागि बिदा गर्याै ।’

प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यति बेलै धेरै काम गर्न खोजेको बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया