बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीकाे नेपालीमा सम्बाेधन

‘कुनै पनि राष्ट्र विकासको फल लिनबाट वञ्चित हुनुपर्दैन’

 बैशाख १३, २०७६ शुक्रबार १५:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड इनिशियटिभ्स बीआरआई समृद्ध भविष्यको आधार भएको र यसबाट कुनैपनि राष्ट्र विकासको फल लिनबाट वञ्चित हुनुनपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

चीनको बेइजिङमा भएको दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित देशका लागि कनेक्टिभिटी नेटवर्कको विकास महत्वपूर्ण हुने बताउँदै यसले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।  

फोरममा राष्ट्रपति भण्डारीले वर्तमान सरकारको नारा समृद्ध नेपाल, सुखी नेपाली रहेको र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गरेर विकासोन्मुख राष्ट्रबाट मध्यम आम्दानी भएको राष्ट्र बन्ने लक्ष्य  लिएको पनि स्पष्ट पार्नुभयो ।  

दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ सामूहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड र रोड सहकार्य सक्षम हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया